http://annapurnapost.com/news/72532
सोमवार, जेठ २२, २०७४
0
42381 पटक पढिएको
एजेन्सी: ६ मुस्लिम
बाहुल्य राष्ट्रहरुले कतारसँगको कूटनीतिक सम्बन्ध तोडेका छन्। साउदी
अरेबिया, बहराइन, संयुक्त अरब एमिरेट्स, यमन, लिबिया र इजिप्टले आतंकवादलाई
प्रश्रय दिइरहेको आरोप लगाउँदै कतारसँगको सम्बन्ध अन्त्य भएको घोषणा
गरेको बीबीसीले जनाएको छ।
उनीहरुले अलकायदा समूहसँग मिलेर कतारले
आतंक मच्चाउन खोजेको आरोप लगाएका छन्। साउदी सरकारी समाचार संस्था एसपीएका
अनुसार ६ राष्ट्रले कतारसँग आफ्ना सबै सीमा, सामुद्रिक तथा हवाइ सम्पर्क
समेत विच्छेद गरेको उल्लेख गरेको छ।
यस्तै संयुक्त अरब इमिरेट्सले कतारका
कुटनीतिक प्रतिनिधिलाई ४८ घण्टाभित्र देश छोड्न आदेश दिएको छ। यस्तै उसले
कतार जाने आफ्नै सबै एयरलाइन्सलाई स्थगित गरिदिएका छन्। यस्तै अरबले एउटा
गोप्य मुद्दामा कतारले सम्प्रभूतामाथि नै खलल पुर्याएको गम्भीर आरोप
लगाएको छ भने मिश्रको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने प्रयास गरेको
बताइएको छ।
No comments:
Post a Comment