Wednesday, September 12, 2012

विद्यार्थीलाई वर्षमा ४ सिलिन्डर ग्यास र १ सय २० लिटर मट्टितेल सहुलियत

काठमाडौ, भदौ २७ (नागरिक)

 सरकारले विद्यार्थीलाई वर्षमा चार सिलिन्डर ग्यास र १ सय २० लिटर मट्टितेल सहुलियतमा दिने भएको छ। यो सहुलियत असोज १ देखि कार्यान्वयनमा आउनेछ। सरकारले सहुलियत सम्वन्धी प्रस्ताव बुधवारको मन्त्रिपरिषद्बाट निर्णय हुनेछ।

वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार पारेको यो प्रस्तावलाई प्रधानमन्त्री बाबुराम भट्टराईसँग मंगलबार भएको सहमत भएका थिए। ग्यास प्रयोग गर्ने विद्यार्थीले तीन महिनामा एक सिलिन्डर ग्यासमा २ सय ५० रुपैयाँ छुट पाउनेछन् भने मट्टितेल प्रयोग गर्ने विद्यार्थीको हकमा महिनामा मासिक १० लिटर पाउनेछन्।

विद्यार्थीले मट्टितेल बजार भाउ भन्दा १० रुपैयाँ सस्तोमा पाउनेछन्। 'विद्यार्थीलाई सहुलियतमा ग्यास र मट्टितेल सहुलियतमा दिने प्रस्ताव बुधवारको मन्त्रिपरिषद्मा पेस हुनेछ,' मन्त्रालयका सहसचिव दिपक सुवेदीले नागरिकसँग भने, 'यो राहत दिँदा वार्षिक रुपमा ५० करोड रुपैयाँ दिनुपर्नेछ।' यो सहुलियत सामुदायिक, सरकारी, पब्लिक कलेजका विद्यार्थीले पाउनेछन्। शिक्षा मन्त्रालयका अनुसार ६ लाख यस्ता कलेजमा अध्ययन गर्ने विद्यार्थी ६ लाख रहेका छन्। सुवेदीका अनुसार विद्यार्थीले ग्यास वा मट्टितेल किनेको विल पेस गरेपछि सम्वन्धित कलेजको लेखाशाखाबाट रकम फिर्ता पाउनेछन्। विद्यार्थीले ग्यास वा मट्टितेल किन्दा परल मूल्यमा किन्ने र पछि विल पेस गरेर रकम फिर्ता पाउने उनले बताए। सहुलियत दुरुपयोग भए/ नभएको बारेमा भने शिक्षा मन्त्रालयले अनुगमन गर्ने कार्यविधिमा छ।

No comments:

Post a Comment