Monday, March 8, 2010

नेपालका ५ स्थान भारतीय रेल सेवाले जोड्ने

नयाँदिल्ली (एजेन्सीहरू), फाल्गुन १४ - भारतले नेपालको थप पाँच स्थानमा रेलवे सेवा तत्काल विस्तार गर्ने भएको छ ।आर्थिक वर्ष २०१०/११ का लागि संसदमा रेल बजेट प्रस्तुत गर्दै रेलमन्त्री ममता बनर्जीले बुधबार उक्त जानकारी गराएकी हुन् । जोगबनीबाट विराटनगर, रुपेडियाबाट नेपालगन्ज, न्युजलपाइगुडीदेखि काँकडभिट्टा, नौतनवाबाट भैरहवा र जयनगर विजुलपुरबाट बर्दियासम्म रेल लाइन विस्तार गरिन

लागिएको हो ।

राष्ट्रपति रामवरण यादवको हालैको भ्रमणका बेला नेपाल-भारत सीमा क्षेत्रका ५ स्थानमा रेल सेवा विस्तारका लागि १० अर्ब ८८ करोड रुपैयाँ बराबरको अनुदान सहयोग दिने घोषणा गरेको थियो । राष्ट्रपति यादव र भारतीय प्रधानमन्त्री मनमोहन सिंहबीच त्यसका लागि समझदारीपत्रमा हस्ताक्षर पनि भइसकेको छ ।

भारत सरकारी संस्थाले हालै पूर्व-पश्चिम रेलवेको सम्भाव्यता अध्ययनको प्रारम्भिक प्रतिवेदन बुझाउँदै ११ सय किमिमध्ये ६ स्थानमा भारतसँग जोडिने उल्लेख गरेको छ । ती स्थानमा धनगढी, नेपालगन्ज, भैरहवा, विराटनगर र काँकडभिट्टा छन् ।

भ्ाारतले बंगलादेशमा पनि रेल सेवा विस्तार गर्ने भएको छ । हालै भएको सम्झौताअनुसार भारतको अगरतलादेखि बंगलादेशको अखौरासम्म लिंक विस्तार

गरिनेछ । यसले पश्चिमबंगालबाट उत्तरपूर्वी क्षेत्रलाई बंगलादेश हुँदै जान छोटो रुट पर्नेछ । गत महिना बंगलादेशकी प्रधानमन्त्री सेख हसिना भारत भ्रमणमा आउँदा यो पहल भएको हो । रवीन्द्रनाथ टैगोरको १ सय ५० औं जन्मजयन्तीको अवसर पारेर बंगलादेशमा विशेष रेल सञ्चालनका लागि पनि मन्त्री बनर्जीले प्रस्ताव गरेकी छन् ।

नयाँ बजेटले यात्रुहरूका लागि नयाँ ५४ रेल थप गर्ने घोषणा गरेको छ । आम्दानीमा ५० प्रतिशत वृद्धि गर्ने पनि बजेटमा छ । चालू आवमा रेलवे सेवाबाट १ हजार ३ सय २८ करोड भारु खुद नाफा भएको उनले जानकारी गराइन् ।

नयाँ बजेटले ई-टिकटमा सेवा शुल्क घटाइएको छ । यो स्लिपर क्लासका लागि १० भारु र एसी क्लासका लागि २० रुपैयाँ पुर्‍याइएको छ । बजेटमा ५२ लामा रुटमा एक्सप्रेस रेल र २८ यात्रुबाहक रेल सुरु गर्ने उल्लेख छ । दिल्लीदेखि कोलकातासम्म डबल डेकरका दुई रेल सेवा पनि सुरु गरिनेछ ।

No comments:

Post a Comment